आत्मरक्षा तालिमबाट चितवनमा एक सय ५० छात्राहरु लाभान्वित


४ श्रावण २०७६, शनिबार १३:०५ मा प्रकाशित

चितवन । राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत आयोजना गरिएको आत्मरक्षा तालिमबाट चितवनमा झन्डै एक सय ५० जना छात्राहरु लाभान्वित भएका छन् ।

विशेषगरी किशोरीहरु हिंसामा पर्ने गरेकाले छात्रा लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए । छात्राहरुमाथि अकस्मात रुपमा आक्रमण तथा दुव्र्यवहार भएमा त्यसको प्रतिकार गर्नका लागि आत्मरक्षा तालिमले सघाउ पुर्‍याउने लामाको भनाइ छ ।

कालिका नगरपालिकामा रहेको भीमोदय माविमा आयोजना भएको समापन कार्यक्रममा कालिका नगरपालिका ४ का वडाअध्यक्ष कृष्णकुमार श्रेष्ठले आत्मरक्षा तालिम समुदायका हरेक किशोरीहरुलाई आवश्यक भएको बताए । राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय कार्यक्रम अन्तरगत आयोजना भएको तालिममा मुख्य प्रशिक्षकको रुपमा राजु पौडेलले आवश्यक परेको खण्डमा मात्रै सीपको प्रयोग गर्नुपर्ने बताए ।

मुख्य प्रशिक्षक सहित सुनीता पौडेल र करुणा विकले छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरेका थिए । जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले सहजीकरण गरेको कार्यक्रममा कालिका ५ का वडा अध्यक्ष जीएन महतो, भीमोदय मावि व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ, विद्यालयका प्राचार्य डाक्टर हरिप्रसाद कँडेल, जिल्ला खेलकुद विकास समिति चितवनका सदस्य सुदन दरै, विद्यालय व्यवस्थापन समितिका सदस्य मञ्जु चौधरी, बलबहादुर श्रेष्ठ, विद्यालयका खेल शिक्षक डिलबहादुर तामाङ लगायत अतिथिहरु समेतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here