बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान दिएन : देउवा


४ श्रावण २०७६, शनिबार १२:२३ मा प्रकाशित

सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितको उद्धार तथा राहतमा संघीयण् सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

डुबान तथा बाढीले क्षति भएका स्थानहरुको निरक्षणमा निस्कनु भएका सभापति देउवाले सरकारले पीडितहरुको समस्या बुझ्न नसकेको आरोप लगाउनु भएको हो । प्रेस युनियन इटहरी नगरसमितिले शनिबार बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप समेत लगाए । उनले सरकारले कूटनीतिक पहल गर्न नसक्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको दाबी गरे ।

तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली अवस्था रहेको भन्दै राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले पीडितहरुको राहत र पुनस्थापना प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here