वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि होः उपप्रधानमन्त्री सिंह


१९ श्रावण २०८१, शनिबार १३:१५ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताउनु भयो । उहाँले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन  गर्ने पनि बताउनु भयो । उहाँले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here