टिआरसीमा भएको सहमती उल्टिने काम नहोस्ः महासचिव गुरुङ


१८ श्रावण २०८१, शुक्रबार १५:०४ मा प्रकाशित

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक(टिआरसी)मा दलहरुका बीचमा भएको सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमती भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको हो ।

उहाँले विगतमा सहमती कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरु उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडी बढ्नेमा आफूहरु आशावादी रहेको बताउनु भयो । उहाँले सहमती कार्यान्वयन गर्नका लागि दलहरुलाई आग्रह समेत गर्नुभयो ।

उहाँले टिआरसीको विषय टुंग्याउन निकै विलम्व भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गर्नुभयो । उहाँले माओवादी केन्द्र सहमती कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here