जनताको स्वास्थ्यमाथि खेलवाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन


१८ श्रावण २०८१, शुक्रबार १४:५६ मा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उहाँले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरी सम्बन्धि ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराउनु भयो ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखि काम गर्न मन्त्रालयका अधिकारीहरुले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here