सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छः अध्यक्ष दाहाल


१७ श्रावण २०८१, बिहीबार १७:२९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरुलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताउनु भयो ।

कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस शुरु गर्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरुमा पनि जटिल समस्या रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here