वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल हुँदैनः मन्त्री चौधरी


१७ श्रावण २०८१, बिहीबार १५:५७ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्दै बिहीवार सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले देशका युवाहरु नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताउनु भयो ।

उहाँले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताउनु भयो । मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य,भव्य नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here