सार्वजनिक खरिद ऐनलाई सरकारले व्यवस्थित गर्छः भौतिक पूर्वाधारमन्त्री दाहाल


१६ श्रावण २०८१, बुधबार १८:०८ मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन भएको बताउनु भयो ।

उहाँले विगतमा एउटा कुनै ठूला निर्माण व्यवसायीसँग लभिङ गरेको आधारमा नियमावली संशोधन गरिने बताउनु भयो । उहाँले सार्वजनिक खरिद सम्बन्धि कानूनलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै  सार्वजनिक खरिद नियमावलीलाई व्यवस्थित गर्नुपर्ने उल्ल्ेख गर्नुभयो । उहाँले भौतिक मन्त्रालयले सरकारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाहरुको प्रारम्भिक अध्ययन गरी समस्यको समाधान खोज्ने बताउनु भयो ।

उहाँले आयोजनाहरु कार्यान्वयनमा नीतिगत समस्याहरु रहेको बताउनु भयो । मन्त्री दाहालले अब ठूला निर्माण व्यवसायी आएर आग्रह गरेको आधारमा नियमावली संशोधन नहुने बताउनु भयो । उहाँले सार्वजनिक खरिद सम्बन्धि कानूनलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीगत खर्च बढाउन संरचनागत र कर्मचारी तन्त्रमा पनि समस्या रहेको बताउनु भयो ।

उहाँले स्मार्ट सवारी चालक अनुमति छाप्ने साँचो भेन्डरको हातमा भएकाले बार्गेनिङको लागि समय–समयमा सर्भर डाउन गरिदिने काम भएको बताउनु भयो । उहाँले सरकारबाट भुक्तानी नपाएको र सरकारसँग त्यो खालको प्राविधिक नभएको बार्गेनिङ गरेको बताउनु भयो । उहाँले पूर्णरुपमा सरकारको हातमा ल्याएर सवारी साधन छपाईलाई रिफर्म गर्न जरुरी रहेको  बताउनु भयो । उहाले सरकारले यातायात नीति अगाडि बढाएको पनि बताउनु भयो ।

यातायात नीतिका आधारमा सरकारले ऐनहरु बनाउनुपर्ने र ऐनमा रहेका समस्या सरकारले समाधान गर्दै लग्ने बताउनु भयो । सडकमा देखिएका समस्या प्राथमिकता छुट्याएर समाधान गर्दै जाने भन्दै सरकारले सडक सुरक्षा सम्बिन्ध ऐन पनि बनाउन लागेको बताउनु भयो । सडक दुर्घटनाका सम्बन्धमा गम्भिर रुपमा सोच्नुपर्ने बेला भएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here