शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छः उपप्रधानमन्त्री पौडेल


१६ श्रावण २०८१, बुधबार १८:०४ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ । बुधवार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने काम बाँकी रहेको बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरु, मानवअधिकार कर्मी, आम नागरिकहरुको काँधमा रहेको बताउनु भयो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको पनि बताउनु भयो । हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसावले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताउनु भयो । उहाँले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here