शिवसताक्षीमा बाबुको किरिया बसेका छोराको निधन


१५ श्रावण २०८१, मंगलवार ११:३९ मा प्रकाशित

झापा । दिवंगत बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एक व्यक्तिको निधन भएको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो।

काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो।

सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो।

बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here