एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक, कार्य विभाजनको तयारी


१५ श्रावण २०८१, मंगलवार ०८:४० मा प्रकाशित

काठमाडौं । एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आगामी बिहीबार बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले मुलुकको समसामायिक राजनीतिक परिस्थिति र केन्द्रीय नेताहरूको कार्य विभाजनलगायतका एजेन्डा बैठकमा छलफल गर्ने तयारी छ ।

उनले भूगोलबाहेक केन्द्रीय विभागहरूको जिम्मेवारी पनि आवश्यकताअनुसार हेरफेर हुन सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here