सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री गुरुङ


१४ श्रावण २०८१, सोमबार १४:५४ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताउनु भयो । उहाँले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताउनु भयो । उहाँले नियमन, स्वनियमन, संवद्र्धन, प्रवद्र्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताउनु भयो । 

वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here