सरकारले नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई तत्काल निलम्वन गर्नुपर्छः काँग्रेस सांसद जबरा


१४ श्रावण २०८१, सोमबार १४:४६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ ।


प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्वन गरेर सौर्य एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताउनु भयो ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गर्नुभयो । विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाई थियो । 

सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको सो प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सक्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here