मण्डिखाटारबाट पक्राउ परे आफूलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा


१४ श्रावण २०८१, सोमबार १३:२२ मा प्रकाशित

काठमाडौं । नेपालका शीर्ष नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा आफूलाई ‘धर्मगुरू’बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ।

खतिवडालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा लाइभ गरेका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here