खेलकुद स्थलमा भागदौडपछि ९ जनाको मृत्यु, सबै खेल स्थगित


१४ श्रावण २०८१, सोमबार १३:५२ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलहरूमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधिहरू स्थगन गरिएको छ । मुख्य खेलकुद केन्द्र, स्टेड डेस मार्टर्समा एक कन्सर्टमा कम्तिमा नौ जनाको मृत्यु भएको एक दिनपछि आन्तरिक उपप्रधानमन्त्री ज्याकमेन शबानीले सबै खेलहरु स्थगित गरेको बताउनुभएको हो ।

भागदौडबाट ९ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताउनु भयो । घाइतेको उपचार भइरहेको उहाँको भनाइ छ । शनिवार किन्शासाको स्टेड डे मार्टर्समा संगीतकार माइक कालाम्बाईको कन्सर्टको क्रममा भागदौड भएको थियो । जहाँ एक गर्भवती महिला र बच्चाहरूसहित कम्तिमा नौ जनाको मृत्यु भएको थियो । 


८० हजार सिटको क्षमता भएको देशको सबैभन्दा ठूलो मानिने स्टेडियममा कन्सर्ट, सांस्कृतिक कार्यक्रमहरू र राजनीतिक बैठकहरू हुने गर्दछन् । अक्टोबर २०२२ मा कङ्गोली संगीतकार फली इपुपाको कन्सर्टको क्रममा स्टेड डे मार्टर्समा पनि भागदौडमा दुई प्रहरी अधिकारीहरूसहित ११ जनाको मृत्यु भएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here