चितवन । लोकसेवा आयोगको विज्ञापनलाई समावेसी बनाउनुपर्ने माग राख्दै आएको आदिवासी जनजाती महासंघ चितवनले आज (शुक्रबार) भरतपुरमा बिरोध प्रदर्शन गरेको छ ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित असमावेशी विज्ञापन विरुद्ध जिल्लाका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । आन्दोलन कार्यक्रम अन्तर्गत संयुक्त संघर्ष समितिले आज (शुक्रबार) भरतपुरको चौविसकोठीमा भेला भई विरोध र्याली निकाली जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । विज्ञापन समावेशी गराउनु पर्ने, संविधान कार्यान्वयन गर्नुपर्ने लगायत विभिन्न माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाइएको छ ।
आरक्षणको माग गर्दै आएकाहरु आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्ग, सीमान्तकृत, तथा पिछडिएको क्षेत्रका बासिन्दाहरु लोकसेवा आयोगले निकालेको विज्ञापन समावेसी नभएको भन्दै आन्दोलनमा उत्रिएका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्ग, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा विभिन्न राजनीतिक दलहरु र सम्बद्ध मोर्चाहरुको तर्फबाट आरक्षण बचाउ आन्दोलन हुँदै आएको छ । उनीहरुले आज देशभर धर्ना, जुलुससहित जनप्रदर्शन र विरोध सभा गरेका हुन् ।





