काबुलमा भएको बम विस्फोटमा परी १८ को मृत्यु, आठ जना घाइते


३ श्रावण २०७६, शुक्रबार १७:४१ मा प्रकाशित

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालमा आज भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजेर १० मिनेटमा विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको बताइएको छ । घाइते आठ जनामध्ये एक जना किशोरी रहेको जनाइएको छ । र विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here