विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग गरेनः ऊर्जामन्त्री खड्का


११ श्रावण २०८१, शुक्रबार १८:०१ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले सरकारसँग निजी कम्पनी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार निर्णय गरिएको भन्दै प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा ट्रंक लाईनको वक्यौता रकम असुली गर्ने क्रममा प्राधिकरणले ६ वटा उद्योगको विद्युत आपूर्ति बन्दा गराएको विषयमा छलफल गरिएको थियो । सो छलफलमा मन्त्री खड्काले प्रधानमन्त्री, सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र ? भनि प्रश्न गर्नुभयो । उहाँले विद्युत प्राधिकरणले उद्योगीहरुसँग गरेको व्यवहार दुवै पक्षसँग थप छलफल गरेर सरकारलाई निर्देश गर्न पनि समितिलाई आग्रह गर्नुभयो ।

उहाँले प्राधिकरणले उद्योगको विद्युत आपूर्ति बन्द गरेर झनै समस्या खडा गरेको उल्लेख गर्दै त्यसको समाधान गर्न पनि विद्युत आपूर्ति नरोक्ने तर आवश्यक परे सोही उद्योगको सम्पती नै जफत गरेर राज्यले असुली गर्ने बाटो रहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री खड्काले प्रधानमन्त्री केपी ओलीले उद्योगबाट पैसा असुली नगर्ने भन्ने कुनैपनि निर्देशन नदिएको पनि दोहो¥याउनु भयो । तिर्नुपर्ने रकम उद्योगीहरुले तिर्नुपर्ने र प्राधिकरणले पनि विद्युत आपूर्ति रोक्न हुने निर्देशन प्रधानमन्त्री ओलीले दिनु भएको उहाँको स्पष्टिकरण थियो । 

मन्त्री खड्काले उद्योगहरुबाट थप नोक्शानी राज्यले ब्यहोर्न नदिन पनि विद्युत आपूर्ति बन्द गर्न नहुने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here