मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछः अध्यक्ष ढकाल


११ श्रावण २०८१, शुक्रबार १७:३० मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राख्नुभएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात न्युज एजेन्सी नेपालसँग प्रारम्भिक प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो ।

उहाँले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउनु भयो । उहाँले  निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गर्नुभयो । उहाँले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताउनु भयो ।

उहाँले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताउनु भयो । उहाँले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताउनु भयो ।

उहाँले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गर्नुभयो ।

उहाँले मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आश्वयक रहेको बताउनु भयो । उहाँले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राख्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here