कानूनको पूर्ण कार्यान्वयनमा जोड दिन सांसदहरुको जोड


११ श्रावण २०८१, शुक्रबार १५:०० मा प्रकाशित

काठमाडौं । सांसदहरुले कानूनको पूर्ण कार्यान्वयनमा जोड आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शुक्रवार आयोजित मनोरञ्जन क्षेत्रमा हुने बालश्रम, श्रमिकको अवस्था र कानूनी प्रावधान तथा पार्लेमो प्रोटोकलको घरेलुकरणका लागि नीति निर्माताहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले कानूनको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाए ।

उनीहरुले कानून बनाउने मात्रै नभइ कार्यान्वयन, नियमन र अनुगमनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले कानूनको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले कानून बनाउने तर कार्यान्वयन हुन नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले कानून बनाएको भएपनि नियमन र अनुगमन हुन नसकेको बताउनु भयो ।

उहाँले कानूनको कार्यान्वयन भएको छ वा छैन भन्नेबारेमा खोजि गरी सचेत हुन आवश्यक रहेको बताउनु भयो । काठमाडौंमा शुक्रवार विभिन्न संसदीय समिति सभापति र सांसदहरुको उपस्थितिमा मनोरञ्जन क्षेत्रमा हुने बालश्रम, श्रमिकको अवस्था र कानूनी प्रावधान तथा पार्लेमो प्रोटोकलको घरेलुकरणका लागि नीति निर्माताहरुको भुमिका विषयक अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सांसदहरुले सबैले आफ्नो क्षेत्रबाट बालश्रम मुक्त कार्यस्थल निर्माण गर्न आवश्यक रहेको बताए । भइरहेका कानूनहरुको कार्यान्वयन र आवश्यक परे संशोधन गरेर भएपनि बालश्रममुक्त समाज निर्माण गर्नुपर्ने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here