नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक होः प्रधानमन्त्री ओली


९ श्रावण २०८१, बुधबार १८:३९ मा प्रकाशित

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल बुद्धको जन्मथलो मात्रै नभइ बुद्ध दर्शनको वाहक रहेको बताउनु भयो । उहाँले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताउनु भयो । उहाँले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताउनु भयो । उहाँले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताउनु भयो ।

उहाँले दान गर्नु धेरै महत्वपूर्ण रहेको बताउनु भयो । अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here