प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छः सञ्चारमन्त्री


८ श्रावण २०८१, मंगलवार १५:३२ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताउनुभएको छ । मंगलवारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले सीमा भन्दा बाहिर केहि नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताउनु भयो । उहाँले आवश्यक भन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने बताउनु भयो । प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने बताउनु भयो ।

मन्त्री गुरुङले प्रेस स्वतन्त्रता सँगै मर्यादित पनि हुनुपर्ने बताउनु भयो । विधायन व्यवस्थापन समितिमा मंगलवार मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here