कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेश गरेर चर्च बनाइयोः सांसद साही


८ श्रावण २०८१, मंगलवार १५:२६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताउनुभएको हो ।

उहाँले वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाएको बताउनु भयो । उहाँले स्थानीय तहमा गएर झुटो विवरण पेश गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने बताउनु भयो । 

उहाँले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here