संविधान संशोधन गर्दा ‘नो भोट’को पनि व्यवस्था गर्नुपर्छः सांसद किराँती


८ श्रावण २०८१, मंगलवार १६:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिनुभयो । सांसद किरातीले संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत गराउनु भयो ।

उहाँले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताउनु भयो । सांसद किराँतीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here