बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्थाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्छः सांसद झा


८ श्रावण २०८१, मंगलवार १५:२३ मा प्रकाशित

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरु सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताउनु भयो ।

सांसद झाले बंगलादेशमा नेपाली विद्यार्थीहरु धेरै अध्ययनका लागि गएकाले उनीहरुले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरुको पीडालाई सम्बोध गर्नुपर्ने बताउनु भयो । बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढि नेपाली स्वादेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here