समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी सरकारले काम गर्नुपर्छः सांसद गौतम


७ श्रावण २०८१, सोमबार १७:४० मा प्रकाशित

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान र मर्मसँग बाँझिएका ऐन कानूनमा पुनःविचार गरी बन्न बाँकी ऐन कानून समयमा नै निर्माण गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ सविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको बताउनु भयो ।

उहाँले अब सरकारले पुराना ऐनलाई संशोधन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले लामो र प्रक्रियागत झन्झटलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले धेरै विकासको आशा गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here