मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छः सांसद पुन


७ श्रावण २०८१, सोमबार १७:४३ मा प्रकाशित

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनुभएको छ । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अफ्ठ्याराहरुलाई फुकाउनुपर्ने बताउनु भयो । उहाँले लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताउनु भयो ।

उहाँले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताउनु भयो । उहाँले मौद्रिक नीति सरकारले लिएको वित्तिय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताउनु भयो । उहाँले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here