त्रिशुली दुर्घटनामा हराएका हरुको खोजी गर्न १९७ सुरक्षाकर्मी परिचालनः प्रधानमन्त्री ओली


७ श्रावण २०८१, सोमबार १६:३३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली यात्रु बस दुर्घटनामा हराएकाहरुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असार २८ गते त्रिशुलीमा भएको यात्रु बस दुर्घटनामा परेर हराएकाहरुको खोजी कार्य जारी रहेको बताउनुभएको हो ।

उहाँले खोजी कार्यमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जनागरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका जानकारी दिनुभयो । त्यस्तै ५ जना भारतीय गोताखोर पनि परिचालन गरिएको उहाँले बताउनु भयो ।

हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उहाँको भनाई छ । जसमध्ये १८ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।  उहाँले नदीले बगाएका शवहरु भेटिन सक्ने सम्भावित स्थलहरु चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारणसम्म खोजी कार्य भइरहेको बताउनु भयो । उहाँले खोजी कार्यमा स्थानीय नागरिकहरु समेत संलग्न भएका बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here