संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन संशोधन हुन्छः सांसद महत


७ श्रावण २०८१, सोमबार १५:४५ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गर्नुभयो । उहाँले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरु रहेको उल्लेख गर्दै समावेशितालाई कटौति गर्ने नभइ हरेक वर्ग, समूहका व्यक्तिलाई  प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भइ आउने व्यवस्था गर्ने बताउनु भयो ।

उहाँले वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने बताउनु भयो । उहाँले नेकपा एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताउनु भयो ।

उहाँले परिस्थितिका कारण दुई ठूला पार्टी एक ठाउँमा हुन परेको बताउनु भयो । समाजवाद, लोकतन्त्र, कानूनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताउनु भयो । उहाँले पार्टी र व्यक्ति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताउनु भयो । सांसद महतले आर्थिक उन्नति, रोजगारी देशमै सिर्जना गर्ने वातावरण वर्तमान सरकारले निर्माण गर्ने दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here