सरकारले स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल निर्माण गर्नुपर्छः योगेशकुमार भट्टराई


७ श्रावण २०८१, सोमबार १५:४१ मा प्रकाशित

सत्तारुढ नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धि कानून तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाई गर्न नहुने उहाँको तर्क थियो ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव भट्टराईले राजनीतिलाई पारदर्शी बनाउन, साथै स्वच्छता निर्माण गर्न र न्यायसम्मत ढंगले काम कारबाही अघि बढाउन पनि सरकारले सो कानून निर्माणका ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले सो कानुन नेपाल कानून आयोगले बनाएर कानून मन्त्रालयमा बुझाएको उल्लेख गर्दै उहाँले त्यसलाई तत्काल संसदमा पेश गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सचिव भट्टराईले रानजीतिक नेतृत्व समेत स्वार्थको बन्दी बनेकाले पनि त्यसको नियमन गर्न सो कानून निर्माण गर्न अति आवश्यक भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here