गाजामा इजरायली आक्रमणबाट ९ प्यालेस्टाइनीको मृत्यु


४ श्रावण २०८१, शुक्रबार ११:१९ मा प्रकाशित

गाजा शहरमा बिस्थापित मानिसहरू बसेको एक विद्यालयमा इजरायली आक्रमण हुँदा नौ प्यालेस्टाइनीको मृत्यु भएका छन् ।

साथै दर्जनौं घाइते भएको प्यालेस्टाइनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् । इजरायली विमानले दर्जनौं विस्थापित परिवारहरू बस्ने गाजा शहरको पश्चिममा रहेको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा कम्तिमा एउटा मिसाइलले बम प्रहार गरेको प्यालेस्टिनी सुरक्षा स्रोतले बताएको छ ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई स्वास्थ्य प्रणाली बचाउन, अस्पतालहरूको कार्यप्रणाली सुनिश्चित गर्न आवश्यक सहयोग र जेनेरेटरहरू खरीद गर्न आह्वान गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here