सरकारको सोच र कार्यक्रम कार्यान्वयन गर्न बजेट बाधक बन्दैनः अर्थमन्त्री पौडेल 


३२ असार २०८१, सोमबार १७:०४ मा प्रकाशित

नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शेयरबजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । सोमबार उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै उनले शेयरबजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलित रूपमा अगाडि बढाउने बताए । 

उनले शेयरबजारलाई विगतमा जुवाघरलगायत अन्य टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलित रूपमा अगाडि बढाउने बताए । उनले अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सबैसँग सहकार्य गरिने बताए । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्र र निजीक्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रूपमा अघि बढ्ने बताए । उनले सरकारको सोच र कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि कुनै पनि बजेट बाधक नबन्ने बताए । उनले बजेट कार्यान्वयनका सिलसिलामा केही समस्या महसुस भए सरकार संवैधानिक र कानुनी प्रबन्धअनुसार अघि बढ्ने बताए । 

उनले विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने विषयमा पहिलो निर्णय गरे । विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै पैसा कम भएकाले विकासमा बाधक बन्न नहुने बताए । उनले त्यसका लागि हुन सक्ने स्रोतको खोजी गरिने उल्लेख गरे । विकासका लागि आवश्यक स्रोतका विकल्पहरूको अध्ययन गरेर अघि बढ्ने उनकोे भनाइ छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here