प्रधानमन्त्री ओलीद्वारा लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण


३२ असार २०८१, सोमबार १५:२७ मा प्रकाशित

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन्।

सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हुन्। प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर पुगेका थिए।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here