ग्वार्को फ्लाई ओभर दशैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग


३१ असार २०८१, आईतवार १७:५२ मा प्रकाशित

ग्वार्को फ्लाई ओभरमा दशैँअघि सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन्।

आईतवार ललितपुर वागमती प्रदेश सदस्य रामकृष्ण चित्रकारसहित स्थानीयहरुले फ्लाई ओभर निरीक्षण गरी छिटो सम्पन्न गर्न सुझाव दिएका हुन्।

उनीहरुले निर्माणाधिन फ्लाई ओभर निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीयहरुलाई समस्या भएको बताए। उनीहरुले फ्लाई ओभर छिटो नभन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए। एकपटकमा एक डेढ घण्टासम्म जाम हुँदा धुवाँ धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने जस्ता समस्या बढेको समेत स्थानीयहरुको गुनासो छ।

ग्वार्को फ्लाई ओभरमा निरीक्षण पछि सञ्चारकमीहरुसँग बोल्दै पूर्वमन्त्री चित्रकारले फ्लाई ओभरको निर्माण कार्य ढिलासुस्ती भएको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे। उनले निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दै आउँदा पनि निर्माणले गति नलिएको भन्दै पुन निरीक्षणमा आएको बताए।

जनताको प्रतिनिधि भएपछि जनताप्रति उत्तरदायी हुनु आफ्नो कर्तव्य भएको भन्दै जनतालाई प्रत्यक्ष असर पर्ने कुरामा चुप बस्न नसक्ने उनले बताए।

उनले आफू पटकपटक निर्माण स्थलमा उपस्थित भई गुणस्तरीय तरिकाले छिटो फ्लाइ ओभर सम्पन्न गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताए। दशैँ अगावै निर्माण सम्पन्न हुनुपर्ने उनको भनाइ छ।

आयोजना समयमा बन्न नसक्दा स्थानीयको जनजीवनमा नकारात्मक असर पारेको उनले बताए। निर्माण कार्य सरकारले समयमा भुक्तानी नदिएको र ठूला मेसिन भारतबाट ल्याउनुपर्ने भएकाले समय लागेको भन्ने आफूले पाएको उनले बताए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here