लुम्बिनीलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्छः मन्त्री तामाङ


३१ असार २०८१, आईतवार १६:३४ मा प्रकाशित

कामचलाउ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्न नदिन कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।


आईतवार मन्त्रालयबाट बिदाई हुने क्रममा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले लुम्बिनी क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताउनुभएको हो । उहाँले लुम्बिनीमा विश्व सम्पदाको मूल्य, मान्यता र परम्परा विपरितका कामहरु हुन थालेको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनी दिएको बताउनु भयो ।

उहाँले युनेस्कोको मान्यता विपरितका कामहरु रोक्न आफूले सम्बन्धित निकायलाई सचेत गएको बताउनु भयो । उहाँले त्यतिले मात्रै नपुग्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा प्रवेश हुन नदिन कुटनीतिक पहल गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।


आफुले आफ्नो कार्याकालमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने निर्णय गरेको बताउनु भयो । उहाँले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई निःशुल्क भोजन गराउने तयारी गरेको भन्दै प्रतिवेदन आएपछि सो काम अगाडी बढ्ने पनि जानकारी दिनुभयो ।

उहाँले नेपालको हवाइजहाजलाई युरोपको आकाशमा लागेको प्रतिवन्ध हटाउन सुधारका कामहरु शुरु भएको भन्दै निष्कर्षमा पु¥याउन भने निरन्तर प्रयत्न गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here