आदिकविको २११ औं जन्मजयन्ती मनाइयो


३० असार २०८१, शनिबार १४:४० मा प्रकाशित

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ । सो अवसरमा उहाँका रचना वाचन गर्ने गरिन्छ । 

आदिकवि आचार्यको जन्मजयन्तीमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । आदिकविले रचना गरेका रामायण अहिले पनि नेपालीहरूको घर घरमा लय हालेर पाठ गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here