कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छः उपाध्यक्ष श्रेष्ठ


२८ असार २०८१, बिहीबार ११:२२ मा प्रकाशित

उपप्रधान एवं परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताउनु भयो ।

उहाँले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई मँथि उठ्न दिनु नहुने बताउनु भयो ।


उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here