राप्रपा संसदीय दलको बैठक बस्दै


२८ असार २०८१, बिहीबार ०९:४६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तय भएको छ ।

सो बारेमा पार्टीले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि निर्णय गर्नेछ । साथै संसदमा आगामी दिनमा कसरी प्रश्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here