दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन


२४ असार २०८१, आईतवार १७:१६ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताउनु भएको छ ।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले एमाले काँग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गर्नुभयो ।

उहाँले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताउनु भयो । उहाँले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताउनु भयो ।

उहाँले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताउनु भयो । उहाँले एमाले काँग्रेस गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले तत्काल कुनैपनि अनैतिक काम नगर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here