झापाको बुद्धशान्ति गाउँपालिकाद्वारा आगामी आर्थिक बर्षका लागि ६४ करोड ८ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत


१० असार २०८१, आईतवार १३:१० मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ।

आइतबार गाउँपालिकाको सभाहलमा आयोजित १४ औं गाउँसभा अन्तर्गत बजेट अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको सभामा उपाध्यक्ष खतिवडाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो।

आर्थिक वर्ष २०८१/०८२ मा यस बुद्धशान्ति गाउँपालिकालाई वित्तीय हस्तान्तरण वापत नेपाल सरकारबाट वित्तीय समानिकरण तर्फ प्राप्त हुने जम्मा १३ करोड ९३ लाख, राजस्व वाडफाँड १० करोड ३० लाख. सशर्त अनुदान तर्फ २४ करोड ९६ लाख ५ हजार, समपुरक अनुदान १ करोड र विशेष अनुदान ८५ लाख प्राप्त हुने अनुमान रहेको उपाध्यक्ष खतिवडाले बताउनुभयो।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणतर्फ ८८ लाख ६ हजार, राजस्व वाडफाँड ५५ लाख ७६ हजार, सशर्त अनुदान तर्फ प्राप्त हुने १ करोड ५७ लाख ५१ हजार, समपुरक अनुदान १ करोड प्राप्त हुने अनुमान रहेको उहाँले बताउनुभयो ।

आन्तरिक श्रोततर्फ ५ करोड ९ लाख, स्थानीय राजस्व बाँडफाँडतर्फ ३ करोड ९३ लाख ९४ हजार गरी आम्दानी तर्फ कुल रु ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here