विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगरका बाढी पीडित सुकुम्बासी परिवारलाई राहत वितरण गरेका छन् ।
मन्त्री पण्डितले बाढीबाट अति प्रभावित विराटनगर–१२ र ६ का झण्डै ४ सय बाढी पीडित परिवारलाई राहत वितरण गरेका छन् । उनले विराटनगर १२ को बाढीबाट प्रभावित पोखरी टोल, आदर्श टोल र बखरी स्कुल पश्चिम टोलका १ सय ७० परिवारलाई राहत सामाग्रि वितरण गरेका हुन् । सो क्रममा पीडित परिवारलाई झुल, टर्च, म्याट र त्रिपाल एकएक थान वितरण गरिएको विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामतले जानकारी दिए ।
यसैगरि मन्त्री पण्डितले विराटनगर ६ को २ सय बाढी पीडित परिवारलाई राहत सामाग्रि वितरण गरेका छन् । सो वार्डको लाली गुराँस टोल, रामपुर र नयाँ बस्ती टोलका बाढी प्रभावितलाई झुल, म्याट, टर्च र त्रिपाल वितरण गरिएको विराटनगर ६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा बोल्नुहुंदै मन्त्री पण्डितले बाढी पहिरोबाट हुने डुबान, कटान र क्षति न्युनिकरण गर्न सरकार दीर्घकालिन उपाय अपनाउन प्रतिबद्ध रहेको बताए।





