प्रधानमन्त्रीको ‘ड्रेसअप’माथि काँग्रेस सांसद केसीको प्रश्न– यो कस्तो परम्परा बसाल्न खोज्दै हुनुहुन्छ ?


३१ बैशाख २०८३, बिहीबार १५:०१ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ । 


बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेशमार्फत शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरित भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले प्रधानमन्त्री बालेन्द्र साहको पहिरनको चर्चा गर्दै नयाँ परम्पराको थालनी गर्न खोजिएको हो कि ? भन्दै प्रश्न गर्नुभयो । सांसद केसीले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here