पहिरो झरेर मेचीराजमार्ग अवरुद्ध


२ श्रावण २०७६, बिहीबार १०:२१ मा प्रकाशित

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम—राँके सडकखण्ड अन्र्तगत फाल्गुनन्द–३ को पाङग्रेभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

बिहिबार बेलुका पहिरो झरेर सडक अवरुद्ध हुँदा अहिले पूर्वी पहाडि जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमबाट जाने र इलाम, झापा बाट आउने सवारी साधानहरु रोकिएका छन् । ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिनाले बताए ।

अहिले स्काभेटर, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानियको प्रयासमा पहिरो पन्छाइराखिएको उनले बताए ।यसअघि पनि पहिरो झरेर त्यस ठाउँमा अवरुद्ध भएको सडक स्काभेटर र प्रहरीको सहयातमा एकतर्फी भएपनि सडक संचलनमा ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here