देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँग भेट गर्दैमा आत्तिनु पर्दैनः माधवकुमार नेपाल


२० जेष्ठ २०८१, आईतवार १८:१७ मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनु भयो ।

उहाँले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताउनु भयो । उहाँले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताउनु भयो । उहाँले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताउनु भयो ।

उहाँले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हाल्ने खाल्को नरहेको बताउनु भयो ।

उहाँले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारमा बस्ने की नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here