एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामा पक्राउ


२० जेष्ठ २०८१, आईतवार १८:१५ मा प्रकाशित

काठमाडौँ । एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

आइतवार नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आइतवार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले राईमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बिरुद्धमा ८५२ जना जाहेरवालाहरुले वचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताउनु भयो ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताउनु भयो ।

उहाँले २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताउनु भयो ।

लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here