रविका बिरुद्ध काँग्रेस खनिनु  भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह होः ओली


१० जेष्ठ २०८१, बिहीबार १८:४८ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुभएको छ ।

बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गर्नुभयो । उहाँले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताउनु भयो ।

उहाँले काँग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउनु भयो । संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here