सगरमाथा आरोहणमा नयाँ कीर्तिमान


१० जेष्ठ २०८१, बिहीबार १२:१२ मा प्रकाशित

काठमाडौ । गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छन्। आठ हजार आठ सय ४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गरेर छिटो सगरमाथा आरोहण गर्ने महिला बनेकी छन् । लामा चुमनुब्री गाउँपालिका वडा नम्बर(७ छेकम्पार गोरखाकी स्थायी बासिन्दा हुन् ।

बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर उनले आज बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकोक्लाइम्बिङ सेभेन सम्मिट ट्याग नेपाल कम्पनीका प्रतिनिधि हरिजँग थापाले जानकारी दिए।

समिटबाट बेसक्याम्पसम्म सबैभन्दा छिटो आइपुगेर अर्को रेकर्डसमेत कायम गर्ने उद्देश्यले लामा अहिले बेसक्याम्पतर्फ आउँदै गरेको कम्पनीले जनाएको छ । छिटो झर्ने रेकर्ड अहिले सम्म कसैको पनि नरहेको हिमाल आरोहणमा संलग्नहरूले बताएका छन् । रेकर्ड रहेमा नयाँ हुने सेभेन समिटका स्थानेश्वर गुरागाईँले बताए।

सन् २०२१ म हङकङकी स्याङ यिन हङ (आडा) ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिएन् । सन् २०१८ मा उनै फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड कायम गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here