कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखायोः अर्थशास्त्री न्यौपाने


९ जेष्ठ २०८१, बुधबार १३:०९ मा प्रकाशित

काठमाडौं । अर्थशास्त्री डा. गोपीलाल न्यौपानेले उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले समाचार लेखेकै भरमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको बताए ।

उनले रवि र छविहरु तानाशाही बाटोमा हिँड्न नहुने टिप्पणी गरे । सरकारलाई मन पर्ने कुरामात्रै प्रकाशन गर्न स्वतन्त्रता छ । सरकारलाई मन नपर्ने कुरा तिमीले सम्प्रेषण गर्यौं भने खबरदार हालत कैलाश सिरोहियाको जस्तै हुन्छ भन्ने सन्देश सरकारले दिन खोजेको छ । उनले भने, यो तानाशाही सरकारको बाटो हो ।

सरकारलाई म आग्रह गर्न चाहन्छु, यो गलत बाटोमा रवि र छविहरु नहिँडून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here