जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालत पुगेका छन् ।
आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् ।
रिट निवेदन लिएर उनी आफैं सर्वोच्च अदालत पुगेका थिए । रिट निवेदन अदालतमा पेश भएपछि दर्ता भइसकेको छैन ।
सिरोहिया गत २५ वैशाखमा आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई झिकाएपछि निवेदनमाथि सुनुवाइ हुन सकेको छैन ।