काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले टेबुल गरेको राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनलाई प्रतिनिधि सभाबाट पारित भएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलहरुको बिरोधका बीच प्रधानमन्त्री दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनलाई प्रतिनिधि सभा बैठकले पारित गरेको हो । सो क्रममा काँग्रेस सांसदहरुले संसदमा वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए ।
काँग्रेसको बिरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा २०७९ नियम ३७ को उपनियम २ बमोजिम धन्यवाद प्रश्ताव प्रश्तुत गर्दै धन्यवादको प्रश्तावलाई निणर्यार्थ संसदमा प्रस्तुत गर्नुभयो । धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नुभयो ।